काठमाडौं– संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया अघि बढ्ने बताएका छन्।
बुधबार सिंहदरबारमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचन प्रक्रिया १५ दिनभित्र सम्पन्न गर्नेगरी कानुनमा व्यवस्था भएकाले सोही अनुसार संसद् सचिवालयले अजेण्डाहरु अघि बढाउने बताए।
उनले संसद् भवनमा बिहीबार १ बजेका लागि नवनिर्वाचित सांसदहरुको शपथग्रहण हुने जानकारी दिए। बानेश्वरको बीआईसीसी हलमा सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले गराउनेछन्।
प्रवक्ता पाण्डेले शपथ ग्रहणपछि संसद्मा सहभागी राजनीतिक दलहरुले संसदीय गतिविधि औपचारिक रुपमा अघि बढाउन सक्ने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।