काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ। राजदुत थम्पसन र अध्यक्ष लिङ्देन बीच बुधबार भेट भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।
उनीहरुबीच राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शिष्टाचार भेटघाट भएको हो। उक्त भेटमा राजदूत थम्पसनले लिङ्देनलाई प्रतिनिधि सभाको सदस्यमा विजयी भएको बधाई दिएको र अरु समसामयिक विषयमा छलफल भएको श्रेष्ठले समाजिक संजालमार्फत् जानकारी दिएका छन्।
‘भेटमा राजदुत थम्पसनले अध्यक्ष लिङ्देनलाई प्रतिनिधि सभाको सदस्य पदमा बिजयी हुनुभएकोमा र हालैको निर्वाचनमा राप्रपालाई प्राप्त उपलब्धिमा बधाई दिनुभएको छ। साथै, भेटका क्रममा समसामयिक विषय र दुई पक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो,’ श्रेष्ठले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।