काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा अध्यक्ष महन्थ ठाकुर चयन भएका छन्।
प्रतिनिधि सभामा ४ सिट मात्र जितेको उक्त पार्टीले ठाकुरलाई सर्वसम्मतरुपमा बुधबार दलको नेताका रुपमा चयन गरेको हो।
ठाकुर महोत्तरी–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।
समानुपातिकतर्फ थ्रेस होल्ड कटाउन नसक्दा लोसपा राष्ट्रिय दल बन्न भने सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।