काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले राष्ट्रपतिबाट प्रतिनिधि सभाको ज्येष्ठ सदस्यको शपथ लिएका छन्।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्यको रुपमा सपथ खुवाएकी हुन्।
अब प्रतिनिधि सभाका सदस्यहरुको शपथ जबराले खुवाउने छन्। प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद)हरुको शपथ बिहीबार हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधि सभाको ज्येष्ठ सदस्यका रुपमा राष्ट्रपतिबाट शपथ लिएका जबराले सभामुख चयन नहुँदासम्म संसद् बैठकको अध्यक्षता तथा बैठक सञ्चालन गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।