काठमाडौं– काठमाडौं महानगरपालिकाले धोबीखोला क्षेत्रका अवैध संरचना तथा टहराहरु भत्काउन सुरु गरेको छ।
महानगरपालिकाले डोजर नै परिचालन गरेर अवैध संरचनाहरु भत्काउन सुरु गरेको हो। काठमाडौं महानगरपालिका वडा नम्बर १० अन्तर्गत धोबीखोला क्षेत्रका अवैध संरचना भत्काइएको महानगर प्रहरीले जानकारी दिएको छ।
महानगरपालिकाले यसअघि नै सडक तथा सार्वजनिक जमिनहरु मिचेर बनाइका संरचना भत्काउन सुरु गरेको छ। महानगरपालिकाले सार्वजनिक जग्गामा बनेका घर तथा टहरा, मापदण्ड विपरीतका होर्डिङ बोर्ड, नक्साविपरीत वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय हटाउने अभियान नै चलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।