• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकहरुको व्यवसाय नबढ्दा लगानीकर्ताले पाउने लाभांशमा संकुचन, ४ बैंकले लाभांश वितरण नगर्ने

64x64
सुमित्रा कार्की बुधबार, पुस ६, २०७९  १३:१३
1140x725

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई धमाकम लाभांश वितरण गरिरहेका छन्। सञ्चानमा रहेका २६ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। 

४ वटा वाणिज्य बैंकले भने आफ्ना लगानीकर्ताको ‘हात खाली’ गर्ने भएका छन्। ४ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश नदिने घोषणा गरिसकेका छन्। अब २ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गर्न बाँकी रहेको छ। 

गत आर्थिक वर्षमा बैंकहरुले राम्रो मुनाफा आर्जन गरेको भए तापनि लगानीककर्तालाई दिने लाभांशमा भने संकुचन आएको देखिन्छ। गत आर्थिक वर्ष २०७८/०७९ मा २६ वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार ७४ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि खुद मुनाफा आर्जन गरेका थिए। यस आर्थिक वर्षमा बैंकहरुको मुनाफा आर्थिक वर्ष २०७७/०७८ को भन्दा ३२.२७ प्रतिशतले बढेको थियो। 

यसैगरी, गत आर्थिक वर्ष २०७८/०७९ मा बैंकहरुको वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबर रहेको थियो। यस अवधिसम्म २६ वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब ५१ अर्ब ६६ करोड २७ लाख रुपैयाँ बराबर रहेको थियो। यसमा बैंकहरुको औसत वितरणयोग्य नाफा १६.१५ प्रतिशत रहेको छ। 

तर चालु आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २० वाणिज्य बैंकले नगद लाभांशमा औसत ७.३३ प्रतिशत र बोनश लाभांशमा ११.४७ प्रतिशतमात्र लाभांश दिने घोषणा गरेका छन्। 

२० वाणिज्य बैंकको लाभांश कसको कति?
नबिले बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ। बैंकले १८.५० प्रतिशत बोनस सेयर (कर प्रयोजनसहित) ११.५० प्रतिशत नगb लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ। 

यसैगरी, एभरेस्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २०.६८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर (कर प्रयोजनसहित) ७.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १०.९८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले आफ्ना लगानीकर्तालाई ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २०.५९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले आफ्ना अगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयरभन्दा बढी नगद लाभांश दिने निर्णय गरेको छ। 

सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले गत  वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफबाट आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले आफ्ना लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ७ प्रतिशत नगत लाभांश दिने घोषणा गरेको हो। यस बैंकले पनि बोनस सेयरभन्दा नगद लाभांश वितरणमा जोड दिएको छ। 

प्राइम कर्मर्सियल बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यस बैंकले पनि बोनस सेयरभन्दा नगद लाभांश बढी दिने भएको हो। 

मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। 

यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले ३.३७ बोनस सेयर र कर प्रयोजन सहित ७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले यसपटक बोनसभन्दा नगद लाभांश वितरणमा जोड दिएको छ। बैंकले यस नाफाबाट ३ प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित १०.६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। 

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ। बैंकले ३ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित ७.७३ प्रतिशत नगत लाभांश बाँड्ने भएको छ। यस बैंकले पनि नगद लाभांशलाई प्राथमिकतामा राखेको छ। 

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने भएको छ। यस बैंकले पनि बोनसर सेयरभन्दा नगद लाभांश बढि दिन लागेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद दिन लागेको हो। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले कर प्रयोजनसहित नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरको छ। कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२.५० प्रतिशत नगद लाभांशमात्र वितरण गर्न लागेको छ। 

सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांशमात्र वितरण गर्ने घोषणा गरेको छ। यसैगरी, एनएमबी बैंकले गत आर्थिक वर्षको नाफाबाट अफ्ना लगानीकर्तालाई ८.२५ प्रतिशत नगद लाभांशमात्र वितरण गर्ने भएको छ। 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश घोषणा गरेका २० बैंकहरुमध्ये ५ बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन्। सिटिजन्स बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक (एनसीसी), कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक र बैंक अफ काठमाण्डूले साधारण सभा सम्पन्न गरेर लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् । 

बाँकी बैंकले साधारण सभा बोलाएका छन्। बैंकको साधारण सभा बसेपछि लाभांश पारित हुन्छ। अब कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ। राष्ट्रिय वाणिज्य बैंकमा सर्वधारणको सेयर स्वामित्व छैन।  

पुँजी कोष पर्याप्त नहुँदा ४ बैंकको लाभांश रोकियो
पुँजी कोष पर्याप्त नहुँदा ४ बैंकको लाभांश रोकिएको छ। यसपटक एनआईसी एसिया बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र माछापुच्छे बैंकले लाभांश नदिने घोषणा गरेका छन्।

राष्ट्र बैंकको प्रावधानअनुसार पुँजी कोष ‘टाइट’ भएका बैंकहरुले यस वर्ष लाभांश नदिने घोषणा गरेका हुन्। गत वर्ष लाभांश नबाँडेको एनआईसी एसियाले यस वर्ष पनि लाभांश बाँड्न नसक्ने अवस्था रहेको छ। बाँकी दुई बैंकले भने हालसम्म आउँदा पनि लाभांश घोषणा गरेका छैनन्।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग सोमबार, भदौ २२, २०८३
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्