• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकहरुको व्यवसाय नबढ्दा लगानीकर्ताले पाउने लाभांशमा संकुचन, ४ बैंकले लाभांश वितरण नगर्ने

64x64
सुमित्रा कार्की बुधबार, पुस ६, २०७९  १३:१३
1140x725

काठमाडौं– बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई धमाकम लाभांश वितरण गरिरहेका छन्। सञ्चानमा रहेका २६ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन्। 

४ वटा वाणिज्य बैंकले भने आफ्ना लगानीकर्ताको ‘हात खाली’ गर्ने भएका छन्। ४ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई कुनै पनि लाभांश नदिने घोषणा गरिसकेका छन्। अब २ वटा वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गर्न बाँकी रहेको छ। 

गत आर्थिक वर्षमा बैंकहरुले राम्रो मुनाफा आर्जन गरेको भए तापनि लगानीककर्तालाई दिने लाभांशमा भने संकुचन आएको देखिन्छ। गत आर्थिक वर्ष २०७८/०७९ मा २६ वाणिज्य बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार ७४ अर्ब ४७ करोड रुपैयाँभन्दा माथि खुद मुनाफा आर्जन गरेका थिए। यस आर्थिक वर्षमा बैंकहरुको मुनाफा आर्थिक वर्ष २०७७/०७८ को भन्दा ३२.२७ प्रतिशतले बढेको थियो। 

यसैगरी, गत आर्थिक वर्ष २०७८/०७९ मा बैंकहरुको वितरणयोग्य मुनाफा ५६ अर्ब ७८ करोड ६६ लाख रुपैयाँ बराबर रहेको थियो। यस अवधिसम्म २६ वाणिज्य बैंकको चुक्ता पुँजी ३ खर्ब ५१ अर्ब ६६ करोड २७ लाख रुपैयाँ बराबर रहेको थियो। यसमा बैंकहरुको औसत वितरणयोग्य नाफा १६.१५ प्रतिशत रहेको छ। 

तर चालु आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २० वाणिज्य बैंकले नगद लाभांशमा औसत ७.३३ प्रतिशत र बोनश लाभांशमा ११.४७ प्रतिशतमात्र लाभांश दिने घोषणा गरेका छन्। 

२० वाणिज्य बैंकको लाभांश कसको कति?
नबिले बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ। बैंकले १८.५० प्रतिशत बोनस सेयर (कर प्रयोजनसहित) ११.५० प्रतिशत नगb लाभांश आफ्ना लगानीकर्तालाई दिने घोषणा गरेको छ। 

यसैगरी, एभरेस्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २०.६८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले गत आवको नाफाबाट आफ्ना लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर (कर प्रयोजनसहित) ७.६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १०.९८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

Ncell 2
Ncell 2

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

हिमालयन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १९.११ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागिसमेत गरी ११.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रभु बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ८ प्रतिशत लाभांश दिने भएको छ। बैंकले आफ्ना लगानीकर्तालाई ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २०.५९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले आफ्ना अगानीकर्तालाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकले आफ्ना लगानीकर्तालाई बोनस सेयरभन्दा बढी नगद लाभांश दिने निर्णय गरेको छ। 

सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले गत  वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४.७५ प्रतिशत बोनस सेयर कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

नेपाल इन्भेस्टमेन्ट बैंकले गत आर्थिक वर्षको नाफबाट आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंकले आफ्ना लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ७ प्रतिशत नगत लाभांश दिने घोषणा गरेको हो। यस बैंकले पनि बोनस सेयरभन्दा नगद लाभांश वितरणमा जोड दिएको छ। 

प्राइम कर्मर्सियल बैंकले ८.९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यस बैंकले पनि बोनस सेयरभन्दा नगद लाभांश बढी दिने भएको हो। 

मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। 

यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले ३.३७ बोनस सेयर र कर प्रयोजन सहित ७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १३.६० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले यसपटक बोनसभन्दा नगद लाभांश वितरणमा जोड दिएको छ। बैंकले यस नाफाबाट ३ प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित १०.६० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। 

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ। बैंकले ३ प्रतिशत बोनस सेयर र करप्रयोजन सहित ७.७३ प्रतिशत नगत लाभांश बाँड्ने भएको छ। यस बैंकले पनि नगद लाभांशलाई प्राथमिकतामा राखेको छ। 

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश दिने भएको छ। यस बैंकले पनि बोनसर सेयरभन्दा नगद लाभांश बढि दिन लागेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई २ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद दिन लागेको हो। 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६.५१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले कर प्रयोजनसहित नगद लाभांश मात्र वितरण गर्ने घोषणा गरको छ। कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १२.५० प्रतिशत नगद लाभांशमात्र वितरण गर्न लागेको छ। 

सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ९ प्रतिशत नगद लाभांशमात्र वितरण गर्ने घोषणा गरेको छ। यसैगरी, एनएमबी बैंकले गत आर्थिक वर्षको नाफाबाट अफ्ना लगानीकर्तालाई ८.२५ प्रतिशत नगद लाभांशमात्र वितरण गर्ने भएको छ। 

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई १३.१६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश घोषणा गरेका २० बैंकहरुमध्ये ५ बैंकले साधारण सभाबाट लाभांश पारित गरिसकेका छन्। सिटिजन्स बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक (एनसीसी), कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक र बैंक अफ काठमाण्डूले साधारण सभा सम्पन्न गरेर लाभांश वितरणको प्रस्ताव पनि पारित गरिसकेका छन् । 

बाँकी बैंकले साधारण सभा बोलाएका छन्। बैंकको साधारण सभा बसेपछि लाभांश पारित हुन्छ। अब कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ। राष्ट्रिय वाणिज्य बैंकमा सर्वधारणको सेयर स्वामित्व छैन।  

पुँजी कोष पर्याप्त नहुँदा ४ बैंकको लाभांश रोकियो
पुँजी कोष पर्याप्त नहुँदा ४ बैंकको लाभांश रोकिएको छ। यसपटक एनआईसी एसिया बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र माछापुच्छे बैंकले लाभांश नदिने घोषणा गरेका छन्।

राष्ट्र बैंकको प्रावधानअनुसार पुँजी कोष ‘टाइट’ भएका बैंकहरुले यस वर्ष लाभांश नदिने घोषणा गरेका हुन्। गत वर्ष लाभांश नबाँडेको एनआईसी एसियाले यस वर्ष पनि लाभांश बाँड्न नसक्ने अवस्था रहेको छ। बाँकी दुई बैंकले भने हालसम्म आउँदा पनि लाभांश घोषणा गरेका छैनन्।

प्रकाशित मिति: बुधबार, पुस ६, २०७९  १३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
कारोबारसँगै बढ्यो सेयर बजार काठमाडौँ - बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्