काठमाडौं– संसदीय दलको नेता चयनका लागि भएको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्न भएको छ।
बुधबार बिहान ९ बजेदेखि सिंहदबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन सुरु भएको थियो। केही बेरअघि मात्र मतदान सम्पन्न भएको छ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्भामा उत्रिएका छन्। कांग्रेसबाट ८९ जना सांसदहरु निर्वाचित भएका छन्। संसदीय दलको निर्वाचनमा शत प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजेदेखि सुरु हुने भने पनि बूथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो।
मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान ढिलो गरी सुरु भएको थियो। तर देउवा पत्नी आरजु राणाले भने करिब १० जना सांसदलाई मतदान गरेको तस्बिर खिच्न लगाएको पाइएको छ। मतदान सम्पन्न भएसँगै अब केही बेरमा मतगणना सुरु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।