काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा निर्वाचन समितिका सदस्यले अस्पताल पुगेर एक मत खसाल्न लगाएका छन्।
समानुपातिक तर्फकी सांसद माया राई सुत्केरी भएर काठमाडौंको ओम अस्पतालमा छिन्। निर्वाचन समितिका सदस्य प्रकाश रसाईलीले अस्पताल नै पुगेर सांसद राईको मत खसाल्न लगाएर सिंहदरबार ल्याएका छन्।
नेपाली कांग्रेसमा प्रत्यक्ष र समानुपातिक गरेर ८९ जना सांसदहरु छन्। ८८ जनाले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै पुगेर मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।