काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले आफूहरुलाई सेवा गर्नका लागि भनेर संसद्मा निर्वाचित गरेको बताएका छन्।
बुधबार रत्न राज्य मावि बानेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन्। उनले बीपि कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुर्वण शमशेर जबरा लगायतले समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गर्नका लागि कांग्रेस पार्टी गठन गरेको दाबी गरे ।
अग्रज नेताहरुकै कारण जनताले हक अधिकार पाएको नेता सिंहले उल्लेख गरे। उनले भने, ‘समाजलाई सकारात्मक दिशातिर लैजानका लागि र जनतालाई अधिकार दिलाएर भएका काम प्रादर्शी गर्नुपर्छ। राजनीति भनेको दलभन्दा माथिको क्षेत्र होइन। यो सेवाको क्षेत्र हो भनेर स्कुलिङ भएको छ। हामीलाई राम्रोसँग थाहा छ, जनताले हामीलाई सेवा गर्नका लागि पठाएको हो।’
नेता सिंहले रत्नराज्य माविको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका क्षेत्रमा आफू निरन्तर लागिपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।