काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्का ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबरालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने भएकी छन्।
बुधबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष ज्येष्ठ सदस्य राणाले शपथ लिन लागेका हुन्। संसद् सचिवालयका अनुसार नागरिकताको प्रमाणपत्र अनुसार राणाको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको छ।
शपथ ग्रहणपछि ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नव निर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने संघीय संसद् सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।