काठमाडौं– सिंहदरबार भित्र रहेको संसदीय दलको कार्यालयमा कांग्रेस संसदीय दलको निर्वाचनमा मतदान भइरहेको छ।
कांग्रेसका सांसदहरुले मतदान गरिरहेका छन्। दलको नेताका लागि सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।
मतदानस्थलमा भने कांग्रेस सांसद तथा देउवा पत्नी आरजु राणा देउवाले सांसदहरुमाथि निगरानी गरिरहेकी छन्। उनले शंकास्पद लागेका सांसदमाथि निगरानी गरेकी हुन्।

विशेष गरी महिला सांसदहरुलाई देउवाको पक्षमा मत हाल्न अनुरोध गरिरहेकी छिन्। सुरक्षा व्यवस्था कडा पारिए पनि बाहिरबाटै मतदानस्थल राणा सक्रिय भएर मत हालेर फर्केका र मतदान गर्न जान लागेकाहरुलाई निगरानी गरेकाे देखिन्छ।
मतदानस्थलमा शंकास्पद लागेका सांसदलाई सोधपुछ गर्ने, देउवाको पक्षमा मतदान गर्न सिकाउने तथा एक जना सांसदलाई त उनले तस्बिर खिचेर ल्याउन समेत निर्देशन दिइएकी थिइन । यही विवादले केही बेर मतदानमा पिन विवाद भएकाे थियाे ।
महिला सांसदहरुसँग उनी आफैं हिँडिरहेकी छिन्। बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान विवादका कारण एक घण्टा ढिला सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।