काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि बूथमा मोबाइल लिन पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि एक घण्टा ढिलो गरी मतदान सुरु भएको हो।

विवाद समाधानका लागि भएको छलफलमा बूथमा मोबाइल लैजान नपाउने निर्णय भएको छ। त्यसपछि मात्र मतदान सुरु भएको थियो। मतदानको सुरुमा सभापति तथा दलको नेताका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका थिए।

त्यसपछि अर्का उम्मेदवार तथा पार्टीका महामन्त्री गगन थापाले मतदान गरेका छन्। अहिले सांसदहरुले मतदान गरिरहेका छन्। निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ।

कांग्रेस संसदीय दलमा ८९ जना मतदाता छन्। दलको नेता चुनिन ५० प्रतिशत अर्थात कम्तिमा ४५ जनाको मत आवश्यक पर्नेछ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।