काठमाडौं– आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि मतदानस्थलमा दुवै उम्मेदवार प्रवेश गरेका छन्।
केही बेरअघि मात्र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा मतदानस्थलमा प्रवेश गरेका थिए। लगत्तै अर्का उम्मेदवार गगन थापा पनि मतदानस्थलमा प्रवेश गरेका हुन्।
८ बजेदेखि मतदान सुरु हुने भने पनि मतदान बूथमा मोबाइल लिन दिने कि नदिने भन्ने विषयमा विवाद भएपछि मतदान सुरु हुन सकेको छैन। देउवा पक्षले बूथमा मोबाइल फोन लिन पाउनुपर्ने माग राखेको छ।
यता सांसदहरुलाई पनि मतदानको तस्बिर खिच्न देउवा पक्षले सर्कुलर नै जारी गरेको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।