सर्लाही– चिसोका कारण सर्लाहीमा दुई जनाको मृ्त्यु भएको छ। सर्लाहीको हरिपुर नगरपालिका–९ पिटारीटोलका एक जना र वडा नम्बर लक्ष्मीपुरका एकजनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानीय ५० वर्षीय राजेन्द्र चौधरी र ८० वर्षीय रामगत माझी रहेका छन्। राजेन्द्रको पुस ३ गते नै मृत्यु भएको थियो। तर स्थानीयले मंगलबार मात्र खबर गरेका थिए। उनलाई रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो।
यस्तै माझीको पनि ४ गते नै मृत्यु भएको थियो। प्रहरीलाई भने स्थानीयले मंगलबार दिउँसो खबर गरेका थिए। उनको पनि श्वासप्रश्वासमा देखिएको समस्याका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।