काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ। संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुरमा थापा प्रतिस्पर्धामा छन्।
मंगलबार नै निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ। आज बिहान ८ बजेदेखि निर्वाचन हुने नेपाली कांग्रेसले जनाएको छ। देउवाका प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहेका छन्। यस्तै थापाका प्रस्तावक शेखर कोइराला रहेका छन् भने समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन्।
निर्वाचन संसदीय दलको कार्यालय सिंहदरबारमा हुने छ। नेपाली कांग्रेसको विधान अनुसार संसदीय दलको नेताले नै सरकारको नेतृत्व गर्ने प्रावधान छ। सोही कारण पनि प्रधानमन्त्रीमा दाबी गर्नका लागि देउवा र थापाबीच प्रतिस्पर्धा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।