काठमाडौं– जनता समाजवादी पार्टीका सांसदहरूले मातृभाषामा शपथ लिने भएका छन्।
संघीय संसद् सचिवालयले मातृभाषामा पनि शपथ लिन सकिने तर, त्यसका लागि अग्रिम जानकारी दिनुपर्ने भनेपछि जसपाले संसद् सचिवालयलाई त्यसको जानकारी गराएको छ।
जसपाका संघीय परिषद्का अध्यक्ष अशोक राईका अनुसार आफू बाहेक अरु सांसदहरुले मैथिली भाषामा शपथ लिने तयारी भइरहेको छ। उनले यसको जानकारी संसद् सचिवालयलाई गराइसकिएको बताए।
उनका अनुसार आफूले किराँत राई बान्तवा भाषामा, रामसहायप्रसाद यादव र प्रदीप यादवले भोजपुरीमा र रञ्जु ठाकुरले मैथिली भाषामा शपथ लिने छन्।
त्यस्तै, राजकिशोर यादव, प्रकाश अधिकारी, सुशीला श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, दीपक कार्की र रेखा यादवले नेपाली भाषामा शपथ लिने जसपाले जनाएको छ। जसपाले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा सात सिटमा जित हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।