• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गगनको उम्मेदवारीले सामाजिक सञ्जालमा देखियो उत्साह

64x64
नेपाल लाइभ मंगलबार, पुस ५, २०७९  १७:४४
1140x725

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन यसपटक पार्टीबाहेक अन्यत्र पनि उत्साहजनक रुपमा लागेको छ। दलभित्रबाट आगामी पाँच वर्षका लागि संसद्को नेतृत्व गर्न चयन हुने नेताका लागि मंगलबार सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन्। यससँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न टिप्पणी गरिरहेका छन्। 

युवा पुस्ताका थापा र अवकाश उमेरमा पुगेका देउवाबीचको प्रतिस्पर्धालाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले चासो र महत्त्व दिएर टिकाटिप्पणी गरिहेका छन्। पक्ष/विपक्षमा मत जाहेर गरिरहेका छन्। 

लेखक आन्विका गिरिले सामाजिक सञ्जालमा लेखेकी छन् ‘शेखर कोइरालाले गगन थापालाई सर्मथन गर्ने निर्णयको लाममा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पनि उभिउन्। मिनेन्द्र रिजालहरूले देउवा र पौडेललाई यो बुझाउन सकुन्। लु हेरम् यति ताकत रिजाल तहका नेतामा छ कि छैन।’ 

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता लेखक एवं पत्रकार भानु बोखिमले पनि यही विषयलाई चासो दिएर लेखेका छन्। ‘नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा शेखर कोइरालाले सभापतिमा मेरो यही नै अन्तिम प्रतिस्पर्धा हो भने जस्तो लाग्छ’, उनले लेखेका छन् ‘तर, आउने महाधिवेशनमा पनि उनैलाई उम्मेदवार बनाउने कुरा भयो रे। यसरी नेताले कुरा फेरेपछि राजनीति चाहिँ फेरिन्छ त?’

पत्रकार एवं नागरिक अगुवा नारायण वाग्लेले पनि अब आशा जगाउने काम होस् भनी शुभेच्छा व्यक्त गरेका छन्। 

‘नेपाली कांग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ र प्रदीप पौडेल एकै ठाउँ उभिएर आज एउटा नयाँ सन्देश दिएछन्’ उनले लेखेका छन् ‘नयाँ पुस्ता एकसाथ मिलेर काम गर्न चाहन्छ। अब यस नेता पंक्तिले संसद्लाई जीवन्त बनाउने र राजनीतिप्रति आमसाधारणको आशा जगाउने प्रयास गरोस!’

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले थापाको उपस्थितिलाई स्वागत गर्दै युवा पुस्ताको आगमनले राजनीतिमा सकारात्मक परिर्वतन गर्ने आस गरेका छन् भने देउवाको उमेर पुस्ताहरूको विदाई हुनुपर्ने टिप्पणी गरेका छन्। 

पत्रकार तुफान न्यौपानेले लेखेका छन्,‘अनि छ नि– रामचन्द्र पौडेल वा सुवासचन्द्र नेम्वाङलाई हेरेपछि – तपाईंलाई ‘दैवको लीला’ माथि अलि अलि पनि विश्वास लाग्दैन?’ 

nimb
nimb
Ncell 2
Ncell 2

पत्रकार अनिल गिरिले मंगलबार रातभर हुने चलखेल महत्त्वपूर्ण हुने लेखेका छन्। उनले विदेशी र स्वदेशी दुवै चलखेलप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेको देखिन्छ। 

राजाराम शर्माले समूहलाई कन्भिन्स गरेर आफ्नो पक्षबाट गगन एक्लो उम्मेदवार बन्न सक्नु नै पहिलो सफलता भएको बताएका छन्।

त्यस्तै, पत्रकार लक्ष्मण कार्कीले पुरानो प्रसंग उल्लेख गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई हुँदाहुँदै संसदीय दलको नेतामा सर्वसम्मत भएपछि शेरबहादुर देउवाले भन्नुभएको रहेछ– तपाइँहरूले युवालाई विश्वास गर्दै दलको नेतामा सर्वसम्मत गरेर एकदमै राम्रो काम गर्नुभयो, यो निकै नै अर्थपूर्ण छ।’

सामाजिक सञ्जाल प्रयोगकर्ता माधवी पौडेलले गगन थापाको उम्मेदवारीले सकारात्मक सन्देश दिएको उल्लेख गरेकी छन्। 

‘निर्वाचनमा जनताले प्राय:जसो ठाँउमा नयाँ र सक्षम उम्मेदवार जिताएर संसद्‌मा पुर्‍याए। राजनीतिमा युवा र सक्षम व्यक्ति भाषणमा मात्र होइन, दलहरूभित्र अभ्यास जरुरी छ’, उनले लेखेकी छन् ‘यतिखेर कांग्रेसभित्रै सुरु हुन खोजेको सो अभ्यासमा देउवाले उम्मेदवारी फिर्ता लिई गगनलाई अगाडि सार्दा समग्र कांग्रेसको जित हुनेछ।’

त्यस्तै, पत्रकार गोविन्द अधिकारीले पनि कांग्रेसले पुनर्जीवन पाउने आशा व्यक्त गरेका छन्।  ‘गगनले उम्मेदवार हुन आफ्नो समूहको समर्थन पाउँदा पनि गजबको उत्साह सामाजिक सञ्जालमा देखियो। जिते भने प्रधानमन्त्री नभए पनि कांग्रेसले पुनर्जीवन पाउने देखिन्छ,’ उनले लेखेका छन्। 

बुधबार बिहान कांग्रेसको संसदीय दलको नेताका लागि निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्