काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी संसदीय दलको नेतामा चयन भएका छन्। उनी सर्वसम्मत रुपमा दलको नेता चुनिएका हुन्।
उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा उनी संसदीय दलको नेता चयन भएका हुन्। उनी २०७० को दोस्रो संविधान सभादेखि नै आफ्नो पार्टीको संसदीय दलको नेता चयन हुँदै आएका छन्।
एमालेले पहिलो संसदीय दलको बैठक मंगलबार प्रज्ञा भवन कमलादीमा बोलाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।