काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिंङ्देन चयन भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिक ७ जना गरी १४ जना सांसदहरु निर्वाचित भएका छन्।
राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष लिंङदेनलाई चयन गरेको राप्रपाकी केन्द्रीय सदस्य सन्तोषि शाहीले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।