काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेताका उम्मेदवार तथा पार्टीका महामन्त्री गगनकुमार थापाले सांसदहरुलाई सबै बन्धन र आग्रहबाट मुक्त भएर संसदीय दलको निर्वाचनमा मत ब्यक्त गर्न आग्रह गरेका छन्। थापाले सांसदहरुलाई मतदाताको आवाज सुन्न पनि आग्रह गरेका छन्।
संसदीय दलको नेताका लागि उम्मेदवारी दर्तापछि संचारकर्मीहरुसँग बोल्दै थापाले उक्त आग्रह गरेका हुन्।
‘आज साँझ सांसद साथीहरुले शान्त चित्तले आफ्नो मनलाई सोध्नु हुन्छ। जनमतलाई एकपटक सम्झिनुहुन्छ र भोलि बिहान आउँदै गर्दा सबै आग्रहबाट मुक्त भएर, सबै बन्धनबाट मुक्त कांग्रेसको भविष्यको निम्ती मतहाल्नु हुन्छ भन्ने विश्वास गर्छु। अनुरोध गर्न चाहान्छु,’ थापाले भने,‘ हामी प्रत्येक जो यहाँ मतदाता भएर आएका छौँ पार्टीको सदस्यहरुले छानेर हामी मतदाता भएको होइन्। हामी आममतदाताले छानेर मतदाता भएको हो। यो बेलामा मत हाल्ने सांसद हो। तर सांसदले प्रतिनिधित्व जनमतको गर्नुपर्छ। सांसदहरुले प्रतिनिधित्व आफ्ना क्षेत्रको मतदाताको गर्नुपर्छ। यो बेला आम मतदाताको आवाज के छ, के चाहान्छन् भन्ने कुरको उचित प्रतिनिधित्व कांग्रेसबाट सांसद निर्वाचित हुनुभएको सांसद साथीले भोलि बिहानको निर्वाचनमा गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।