काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले अर्का उम्मेदवार तथा सभापति शेरबहादुर देउवालाई दलको नेताबाट उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्।
देउवाले उम्मेदवारी फिर्ता लिए नेपाली कांग्रेसको जीवनमा एतिहासिक निर्णय हुने थापाले दाबी गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जसले भर्खर उम्मेदवारी दर्ता गर्नुभएको छ। असिम श्रद्धाका साथ मेरो उहाँलाई आग्रह छ यो बेलामा शान्त मनले, शान्त चित्तले मनन् गरेर उम्मेदवारी फिर्ता लिने कुरा नेपाली कांग्रेसको जीवनमा ऐतिहासिक निर्णय हुनेछ,’ संसदीय दलको नेतामा उम्मेदवारी दर्तापछि थापाले भने, ‘यसले कांग्रेस भित्र उत्साहको सन्देश सञ्चार गर्छ। उहाँलाई मनन् गर्न आग्रह गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।