काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेर बहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबार पुगेर देउवा र थापाले एक साथ दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
देउवाको प्रस्तावकमा नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्ण बहादुर खड्का रहेका छन्।
यस्तै, थापाको प्रस्तावकमा डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन्।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।