काठमाडौं– कांग्रेस सांसद प्रदीप पौडेल पनि संस्थापन इतर समूहमा प्रवेश गरेका छन्। संसदीय निर्वाचनका समयमा मौन रहँदै आएका पौडेल पार्टी संसदीय दलको निर्वाचनमा गगन थापाको उम्मेदवारीमा समर्थक भएका छन्।
पौडेल १४औं महाधिवेशनका क्रममा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको उम्मेदवार भएका थिए। उनी कृष्णप्रसाद सिटौला समूहमा थिए। देउवा-सिटौला समूहबीचको समझदारी अनुसार पौडेल महामन्त्रीको उम्मेदवार बनेका थिए।
त्यसो त, थापा र पौडेल कुनै बेला सिटौला समूहमै थिए। तर महाधिवेशनभन्दा केहीअघि थापा सो समूहबाट बाहिएर रामचन्द्र पौडेलले नेतृत्व गरेको समूहसँग निकट भएका थिए। तर रामचन्द्र पौडेल भने महाधिवेशनयता देउवासँग निकट हुँदै आएका छन्। मंगलबारको मनोनयनमा पनि उनी देउवाको प्रस्तावक भएका छन्।
पौडेल विद्यार्थी राजनीतिबाट अघि बढेका नेता हुन्। गगन थापा र प्रदीप पौडेललाई जोडीको रुपमा चर्चा गरिन्थ्यो। तर, महाधिवेशनका क्रममा अलग्गिएका थिए।
मंसिर ४ मा निर्वाचन हुनुअघि थापाले पौडेलका लागि मत मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।