काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी संस्थापन (सभापति शेरबहादुर देउवा)को पक्षबाट महामन्त्रीमा प्रतिस्पर्धा गरेर पराजित भएका नेता प्रदीप पौडेल इतर पक्षमा खुलेका छन्।
काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पौडेलले कांग्रेस संसदीय दलको नेतामा गगन थापालाई सहयोग गर्नेगरि यो समूहमा खुलेका हुन्।
उनी अहिले संस्थापनइतर समूहको बैठक बसिरहेको स्थान बसेरा होटल पुगेका छन। गगन समूहमा आउनुअघि पौडेल नेता कृष्ण प्रसाद सिटौलासँग भेटवार्ता गरेका थिए।
यसअघि संसदीय दलको नेताको मनोनयन गर्ने सन्दर्भमा थापाको उम्मेदवारीमा डा शेखर कोइराला प्रस्तावक बनेका थिए भने उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा समर्थकका रूपमा थिए। पछि पौडेलको नाम पनि समर्थकमा थपिएको छ।
कांग्रेस संसदीय दलको नेताका लागि बुधबार बिहान ८ देखि ११ बजेसम्म चुनाव हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।