काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावक नेता रामचन्द्र पौडेल रहने भएका छन्। यस्तै, समर्थक उपसभापति पूर्णबहादुर खड्का रहने भएका छन्।
यसअघि संसदीय दलको नेताका लागि पौडेल आफैं दाबेदार थिए। तर आफूलाई समर्थन प्राप्त हुने सम्भावना नदेखिएपछि पौडेल देउवाको पक्षमा खुलेका हुन्।
कांग्रेस संसदीय दलको नेताका लागि देउवासँगै इतर पक्षबाट महामन्त्री गगन थापा प्रतिस्पर्धामा उत्रिने भएका छन्।
थापाको उम्मेदवारीमा डा शेखर कोइराला प्रस्तावक छन्। यस्तै, उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा समर्थक छन्।
संसदीय दलको नेताका लागि कांग्रेसको निर्वाचन समितिले बुधबार बिहानका लागि मतदानको समय निर्धारण गरेको छ।
उम्मेदवारहरुको मनोनयन भने मंगलबार दिउँसो २ बजेका लागि तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।