काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेताका लागि उम्मेदवार बन्न लागेका अर्का महामन्त्री गगन थापालाई मत दिन सांसदहरुलाई आग्रह गरेका छन्।
मंगलबार कांग्रेस संस्थापन इतर समूहले थापालाई उम्मेदवार बनाउने निर्णय गरेपछि सम्बोधन गर्दै उनले भने- ‘गगन थापालाई मत दिएर नेपाली कांग्रेसलाई नवीन बनाउने कुराको शंखघोष गर्न सबै सांसद साथीहरुलाई आग्रह गर्न चाहन्छु।’
उनले लोकतन्त्रमा गणित र अल्पमत-बहुमतको चर्चा हुने भए पनि जनमतको कुरालाई बिर्सिन नहुने बताए। ‘देशभरको जनमत, देशभरका भावनालाई बुझेर नै आदरणीय सांसद मित्रहरुले मतदान गर्नुहुनेछ,’ शर्माले भने।
उनले सांसदहरुको विवेकलाई नजरअन्दाज गर्न नहुने पनि बताए। उनले हिजो को कोसँग कहाँ कोसँग उभिएको थियो भन्ने कुरालाई हेर्न नहुने बताए। बरु देशभरका आ-आफ्नो क्षेत्रको, देशभरको भावनाको, सडकमा हिँडिरहेको युवकको, स्वदेश र विदेशबाट हेरिरहेका नेपालीहरुले आफूहरुप्रति गरिरहेका अपेक्षालाई ख्याल गरेर मतदान गर्न उनको आग्रह थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।