काठमाडौं– बेलायतको किल् विश्वविद्यालयसँगको साझेदारीमा ‘द ब्रिटिस कलेज’ले ‘एमएस्सी एड्भान्स कम्प्युटर साइन्स’ लञ्च गर्न लागेको छ।
यो प्रोग्राम ‘द ब्रिटिस कलेज’को सहायक संस्था ‘द ब्रिटिस इन्टरनेशनल कलेज’ द्वारा सञ्चालन गराइनेछ। यो कोर्सका लागि आवेदन दिने पहिलो ३० आवेदकहरूलाई छात्रवृत्ति पनि उपलब्ध गराइने कलेजले जनाएको छ।
किल् विश्वविद्यालयको यो कोर्स निकै एडभान्स तरिकाले डिजाइन गरिएकाले विद्यार्थीहरूका लागि निकै फलदायी हुने कलेजले जनाएको छ।
यो कोर्सले विद्यार्थीहरूलाई कम्प्युटर साइन्सको विभिन्न क्षेत्र (प्रोग्रामिङ ल्याङग्वेयज, अल्गोरिदम्स, डेटा साइन्स, कम्प्युटर आर्किटेक्चर, र सफ्टोयर इन्जिनियरिङ) लाई समेट्ने कलेजले जनाएको छ।
किल् विश्वविद्यालय युकेमा अध्ययनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ। ब्रिटिस कलेजका सिइओ राजन कँडेलले भने, ‘उक्त विश्वविद्यालयसँग पार्टनरसिप गर्न पाउँदा हामी उत्साहित छौं। नयाँ शैक्षिक कार्यक्रमहरूले विद्यार्थीहरूको ज्ञान र सिपको विकास गर्ने कुरामा हामी प्रस्ट छौं। यसले समाजलाई ‘डिजिल ट्रान्सफमेसन’ गर्न सहयोग गर्नेछ।’
यो डिग्री हासिल गर्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्तिको सुविधा समेत उपलब्ध छ। यो कोर्समा भर्ना हुने पहिलो ३० जना विद्यार्थीहरूलाई ट्युसन फी मा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध हुनेछ। यो अफर जनवरी महिनासम्म मात्र हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।