काठमाडौं– कांग्रेस संसदीय दलको निर्वाचनमा गगन थापालाई साझा उम्मेदवार बनाउने निर्णय गरेको संस्थापन इतर समूहले शेखर कोइरालालाई भने १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने समझदारी गरेको छ।
सोमबारदेखि जारी छलफलमा थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउने निर्णय गरिएको थियो। साथै, कोइरालालाई पनि १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने सहमति गरिएको एक नेताले जानकारी दिए।
कोइराला १४औं महाधिवेशनमा पनि सभापतिका उम्मेदवार भएका थिए। उनी शेरबहादुर देउवासँग पराजित भएका थिए। उनको समूहबाट गगन थापा महामन्त्रीमा विजयी भएका थिए।
सोमबार र मंगलबार बिहानको छलफलमा थापा र कोइराला दुवैले संसदीय दलको नेताका लागि आ-आफ्नो दाबी पेस गरेका थिए। अन्तिममा थापाको नाममा सहमति भएको हो। अब कोइराला थापाको प्रस्तावक बन्नेछन्। यस्तै, उपसभापति धनराज गुरुङ समर्थक बन्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।