काठमाडौं– सानिमा बैंक लिमिटेडले आइतबार दिन १८ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ।
बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।
सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेश कुमार पोखरेल १८ औं वार्षिक साधारण सभाबाट निर्वाचित भएका छन्।
आर्थिक बर्ष २०७८/७९ मा २.०९ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कूल सम्पत्ति १९२.५१ अर्ब रुपैयाँ, कूल निक्षेप १५८.८८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कूल सम्पत्तिमा क्रमश २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।