काठमाडौं– पार्टी संसदीय दलको नेताका लागि साझा उम्मेदवार तय गर्ने भनेर बसेको नेपाली कांग्रेस इतर पक्षको बैठक सकिएको छ। मंगलबार बिहानदेखि काठमाडौंको लैनचौरस्थित होटल एम्बेसडरमा जारी बैठक सकिए पनि संसदीय दलको उम्मेदवार कसलाई बनाउने भन्नेबारे भने सहमति जुट्न सकेन।
कांग्रेसको इतर पक्षबाट महामन्त्री गगन थापा र नेता डा शेखर कोइराला संसदीय दलको नेताका दाबेदार छन्। संस्थापन पक्षबाट भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एक्ला उम्मेदवार छन्।
कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले संसदीय दलको उम्मेदवार को हुने भन्नेबारे अबको १ घण्टामै निश्चित हुने बताए।
‘अहिलेको बैठकबाट १ जना मात्रै उम्मेदवार बनाउने भन्ने समझदारी जुटेको छ। को उम्मेदवार बन्ने भन्नेबारे अबको १ घण्टामा निश्चित हुन्छ,’ बैठक सकिएपछि पत्रकारसँग कुराकानी गर्दै पाण्डेले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।