काठमाडौं– बुधवार हुने नेपाली काग्रेसकमो संसदीय दलको नेताको निर्वाचनका लागि मंगलबार दिउँसो २ बजे उम्मेदवारहरुको मनोनयन हुँदै छ। दलको नेताका लागि उम्मेदवारी दिनेहरुका लागि ५१ हजार रुपैयाँ मनोनयन शुल्क तोकिएको काग्रेस संसदीय दल निर्वाचन समितिले जनाएको छ।
कांग्रेसको संसदीय दलको नेताका लागि प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र डा शेखर कोइराला आकांक्षी छन्।
संस्थापन पक्षबाट सभापति देउवा एक्लो उम्मेदवार हुँदा इतर पक्षबाट भने महामन्त्री थापा र नेता कोइरालाको दाबी छ। इतर पक्षका नेताहरु संसदीय दलको नेतामा साझा उम्मेदवार तय गर्न भन्दै छलफलमा छन्।
निर्वाचन समितिका संयोजक भिष्मराज आङ्देम्बेले मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन गर्ने जनाए। जसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण तोकिएका छ। उम्मेदवारको अन्तिम नामावली मंगलबार ५:४५ बजे प्रकाशन हुने कार्यतालिका छ।
संसदीय दलको नेताका लागि २ वाट २ भन्दा बढी उम्मेदवार भएमा बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म निर्वाचन (मतदान) हुने कार्यतालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।