काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। सोमबार पनि अघिल्लो दिन (आइतबार)को जस्तै छापावाल सुन प्रतितोला १ लाख ५०० र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार भने चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।