काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टी संसदीय दलको नेताका लागि इतर पक्षबाट १ जनाको मात्रै उम्मेदवारी तय गर्ने प्रयास चलिरहेको बताएका छन्।
संस्थापन पक्षबाट सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा एक मात्रै उम्मेदवार बन्ने भए पनि इतर पक्षमा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले दलको नेताका लागि उम्मेदवार बन्ने दाबी गरेका छन्।
कांग्रेसले संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यक्रम नै सार्वजनिक गरिसकेको छ। जसअनुसार मंगलबार दिउँसो उम्मेदवारी मनोनयनको समय छ।
मंगलबार नै उम्मेदवारी मनोनयनको समय भएकाले नेता कोइराला र महामन्त्री थापाका बीचमा सहमति जुटाउने प्रयास भइरहेको इतर पक्षका नेताहरुको भनाइ छ।
सहमहामन्त्री परियारका अनुसार कोईराला र थापाबीच मंगलबार विहान पनि छुट्टा–छुट्टै छलफल भएको थियो। अबको केही बेरमा सामूहिक बैठक बस्ने लागेको परियारले जानकारी दिए।
मनोनयन दर्ताको समय अगाडि इतर पक्षबाट १ जना उम्मेदवार तय गरिने परियारको दाबी छ। साझा उम्मेदवार तय गर्न भन्दै सोमबार पनि इतर पक्षका नेताहरुको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।