काठमाडौं– संस्थापन इतर समूहका सांसदहरुको मंगलबार ११ बजे भेला बोलाइएको छ। संसदीय दलको नेतामा आफ्नो समूको नेताका विषयमा छलफल गर्न सांसद्हरुको भेला बोलाइएको हो।
सांसदहरुको भेलाअघि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। साझा उम्मेदवार तय गर्नेगरी जारी छलफलले अझै निष्कर्ष निकाल्ने सकेको छैन।
चुनावअघि नै महामन्त्री गगन थापाले देउवालाई संसदीय दलमा चुनौती दिने बताएका थिए। तर, चुनावपछि डा शेखर कोइरालाले समेत दाबी गरेपछि विवाद सिर्जना भएको हो।
सोमबार दिनभर छलफल गर्दा पनि दुईजना बीच सहमति हुन सकेन। संस्थापन इतरमा आफ्नो प्रभाव गुम्ने डरले डा कोइरालाले अड्डी कसेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।