काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतरको समूहको जारी छलफलमा संसदीय दलको नेताका एक प्रत्यासी डा शेखर कोइराला अझै उपस्थित भएका छैनन्। बिहान ८ बजेदेखि इतरसमूहका अन्य नेताहरुको छलफल भने जारी छ।
संसदीय दलका अर्का प्रत्यासी एवं महामन्त्री गगनकुमार थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वेय बद्री पाण्डे, जीवन परियार, सांसद् चन्द्र भण्डारीलगायत उक्त छलफलमा सहभागी छन्।
बुधबार नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन हुँदैछ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा आफैं अघि सरेका छन् भने संस्थापन इतरबाट महामन्त्री थापा र डा कोइराला आकांक्षी छन्।
संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्न सोमबार दिनभर छलफलमा भएको थियो। सामूहिक र आकांक्षीको छुट्टा छुट्टै छलफल भएपनि निष्कर्ष निस्किन सकेको थिएन।
मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोयन गर्ने कार्यक्रम छ। त्यसैअघि साझा उम्मेदवार तय गर्नेगरी छलफल जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।