बैतडी– बैतडीको पाटन नगरपालिका भित्रका विद्यालय आज (मंगलबार) बन्द रहने भएका छन्। कृष्ण माविमा अध्ययन गराउँदै आएका शिक्षक धनबहादुर विष्टको न्यायका लागि दबाब दिने भन्दै शिक्षकका पेशागत संघसंगठनहरुले विद्यालय बन्दको घोषणा गरेका हुन्।
शिक्षक विष्ट मृत फेला परेको चारदिन भइसक्दासमेत घटनाका दोषी पत्ता नलागेको भन्दै विद्यालय बन्दको घोषणा गरिएको हो। शिक्षकका पेशागत संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शिक्षक विष्टको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबिन र दोषी पत्ता लगाउनुपर्नेमा जोड दिइएको छ।
गएको शनिबार सुर्नया गाउँपालिका वडा नं २ घर भएका शिक्षक धनबहादुर विष्ट कृष्ण मावि छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए। शिक्षक विष्टको हत्या भएको भन्दै परिवारजनले अहिलेसम्म शव बुझेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।