काठमाडौं– बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि छलफलमा जुटेको शेखर–गगन समूहको छलफल मंगलबार बिहानसम्मका लागि स्थगित भएको छ। छलफल मंगलबार बिहान ८ बजे पुन: हुने बताइएको छ।
संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह सोमबार दिनभर छलफलमा जुटेको थियो।
नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो।
सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि कुराकानी गरेका थिए। निर्वाचन प्रचारप्रसारकै क्रममा महामन्त्री थापाले आफू दलको नेतामा निर्वाचन लड्ने घोषणा गरेका थिए।
बुधबार हुने संसदीय दलको निर्वाचनका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोयन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।