काठमाडौं– नेकपा एकीकृत समाजवादीको संसदीय दलको प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन भएका छन्। सोमबार बसेको संसदीय दलको पहिलो बैठकले ज्वालालाई प्रमुख सचेतक चयन गरेको हो।
बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको उपनेता चयन गरेको छ। त्यसअघि सो पार्टीका अध्यक्ष समेत रहेका माधवकुमार नेपाल संसदीय दलको नेता चयन भएका थिए।
राजेन्द्र पाण्डेको प्रस्ताव र शेबहादुर कुँवरको समर्थनमा नेपाल संसदीय दलको नेता चयन भएका हुन्। प्रतिनिधि सभामा सो पार्टीका १० सांसद छन्। यो पार्टी प्रत्यक्षतर्फ मात्रै जित निकालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।