काठमाडौं– बुधबार हुने नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनका लागि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न नेता शेखर कोइराला र महामन्त्री गगन समूहको बैठक बसिरहेको छ।
नेताहरुले बैठक स्थान नखुलाए पनि यो पक्षको बैठक झण्डै तीन घण्टादेखि जारी रहेको बताएका छन्। नेता कोइराला र महामन्त्री थापा दुवैले संसदीय दलको नेतामा दाबी गरेपछि यो समूहको बैठक बसेको हो।
सोमबार बिहान मात्र महामन्त्री थापाले कोइरालासँग छुट्टै पनि कुराकानी गरेका थिए। निर्वाचन प्रचारप्रसारकै क्रममा महामन्त्री थापाले आफू दलको नेतामा निर्वाचन लड्ने घोषणा गरेका थिए। त्यसपछि संस्थापनइतर पक्षमै धुव्रीकरणको अवस्था देखिएपछि नेताहरू समझदारीका लागि जुटेका हुन्।
बुधबार हुने संसदीय दलको निर्वाचनका लागि मंगलबार बिहान उम्मेदवारी मनोयन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।