काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।सहमहामन्त्री भिष्मराज आङ्देम्बेको नेतृत्वमा रहेको निर्वाचन समितिले सोमबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार नै मतदाता नामावली सार्वजनिक गरिने छ। यस्तै, मंगलबार बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारी दर्ता कार्यतालिका छ।
आङ्देम्बेका अनुसार बुधबार बिहान ८ देखि १० बजेसम्म संसदीय दलको नेता चयनका लागी निर्वाचन गर्ने कार्यक्रम छ।
नेपाली कांग्रेसले ४ मंसिरको निर्वाचनबाट प्रतिनिधि सभामा ८९ सिट जितेको छ। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पुन: संसदीय दलको नेतामा दोहोरिने योजनामा छन्।
यस्तै, महामन्त्री गगन थापा र नेता शेखर कोइराला पनि संसदीय दलको नेताका आकांक्षी छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।