काठमाडौं– जनमत पार्टीले संसदीय दलको उपनेता र प्रमुख सचेतक लगायतका पदमा जिम्मेदवार तय गरेको छ। पार्टीको सोमबार बसेको बैठकले विभिन्न पदहरुमा सांसदहरुलाई जिम्मेदवारी दिएको हो।
संसदीय दलको नेतामा आइतबार अध्यक्ष सीके राउत नै चयन भइसकेका छन्। सोमबारको बैठकले अब्दुल खानलाई उपनेता बनाएको छ।
त्यस्तै, प्रमुख सचेतकको जिम्मेदवारी अनिता साहलाई दिइएको छ। सचेतकको जिम्मेवारी विनिता सिंह दनुवारलाई दिइएको छ।
त्यस्तै, सचिवको जिम्मेदवारी गोमा लाभ सापकोटा र कोषाध्यक्षको जिम्मेवारी सोनु मुर्मुलाई दिएको पार्टीका नेता बीपी साहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।