• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीसहित पाँच पदमा प्याकेजमै सहमति खोजिरहेका प्रचण्ड

64x64
नेपाल लाइभ सोमबार, पुस ४, २०७९  १४:१६
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्रले सत्ता-गठबन्धनमा 'प्याकेज'मै सहमति खोज्ने निर्णय गरेको छ। सोमबारको पदाधिकारी बैठकले प्रधानमन्त्रीका लागि मात्र नभई अन्य शक्तिशाली पद पनि एक चरणमा टुंग्याउनुपर्ने म्यान्डेट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ। 

माओवादी केन्द्रका एक नेताका अनुसार सत्ता-गठबन्धनमा छलफल गर्दा प्रधानमन्त्रीको मात्र नभई राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको हुनुपर्ने कुरा बैठकमा उठेको थियो। कांग्रेसले पहिले प्रधानमन्त्री लिएर सरकार बनाएपछि अन्य पद दिन आनाकानी गर्न सक्ने भन्दै नेताहरुले अध्यक्ष प्रचण्डलाई यस्तो सुझाव दिएका हुन्। 

बैठकमा प्रचण्डले आफ्नो चाहना पनि त्यही भएको बताएका थिए। कांग्रेसभित्र नै 'पावर सेयरिङ'मा समस्या भइरहेकाले पहिले गठबन्धनमा मिलाउनुपर्ने प्रचण्डको पनि धारणा थियो। उनको भनाइ उद्धृत गर्दै एक नेताले भने,  'कांग्रेस अहिले विभिन्न गुटमा विभाजित छ। भित्रै महत्वपूर्ण पद भागबन्डा गरेर संसदीय दलको नेता छानिने अवस्था छ। त्यसैले पावर सेयरिङका विषयमा सहमति खोजेर मात्रै सरकार बनाउनेतिर अग्रसर हुनुपर्छ।'

सत्ता-गठबन्धनका दल मिलेर सरकार बनाउन राष्ट्रपतिकहाँ दावी गर्ने नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाको चाहनामा प्रचण्डले नै ब्रेक लगाइदिएका हुन्। कांग्रेसमा संसदीय दलको नेताका लागि सहमति नजुट्ने देखेपछि सरकारको दावी संसदीय दलको निर्वाचनपछि गर्ने निर्णय माओवादी केन्द्रले गरेको हो। 

आफूले शक्तिशाली पदहरुमा पावर सेयरिङ प्याकेजमै टुंग्याउन चाहेको कुरा प्रचण्डले सोमबार सार्वजनिक रुपमा बताएका छन्। गृहनगर चितवन पुगेका उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीसहित पाँच वटा पदलाई लिएर प्याकेजमै सहमति खोजिने बताए। सरकार बनाउनका लागि राष्ट्रपतिले दिएको ७ दिनकै समयमा यी सबै पद बाँडफाँटको टुंगो लाग्ने उनको भनाइ थियो।

nimb
nimb

प्रचण्डले भने,  'पावर सेयरिङ मिलाउने कुरामा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पनि तत्काल टुंग्याउने कुरा छ। प्याकेजमै टुंग्याउन चाहेका छौं। ७ दिनमै यो हुन्छ।'

राष्ट्रपतिमा गैरराजनीतिक व्यक्तित्व खोज्ने कुरामा प्रचण्डले सम्भावना नै नरहेको बताए। केही बुद्धिजीवीले सुझाव दिए पनि त्यस विषयमा छलफल नभएको उनको भनाइ छ। 'गठबन्धन र राजनीतिक दलमा चर्चा भएको होइन। सम्भावना पनि छैन।'

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछि कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन बनेको थियो। उक्त गठबन्धन बनाउँदा नै देउवासँग सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको प्रचण्डले खुलाएका छन्। जुन अद्यापि कायम रहेको उनको दावी छ। 

त्यसलाई बटमलाइन बनाउन नचाहेको बताएका उनले प्रधानमन्त्री नपाउँदा अन्य महत्वपूर्ण पदमा आफ्नो पार्टीको दावी रहने प्रष्ट संकेत गरेका छन्। 

प्रचण्डको प्याकेजले देउवालाई हतार
माओवादी केन्द्रले शक्ति बाँडफाँट नगरी सरकार बनाउने कुरामा सहमति नगरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेता चयन प्रक्रियातिर अघि बढेको बुझिएको छ। पहिल्यै राष्ट्रपति अर्को पार्टीको भागमा पर्नेगरी सहमति गर्ने अवस्था आउँदा पार्टीभित्र अल्पमतमा पर्ने डर देउवालाई छ। पार्टीका केही नेतालाई राष्ट्रपतिको आश्वासन दिएर आफ्नो पक्षमा राख्ने प्रयास देउवाले गरिरहेका छन्। 

त्यसैले आइतबार नै कार्य सम्पादन समितिको बैठक बोलाएर पुस ६ गते संसदीय दलको निर्वाचन गर्ने तयारी थालिएको हो। कांग्रेस संसदीय दलको नेता टुंगो लागेपछि मात्रै सत्ता-गठबन्धनको बैठक बोलाउने रणनीति देउवाले अख्तियार गर्नेछन्। त्यसो हुँदा यता संसदीय दलको नेता चयन भइसक्नेछ भने उता अन्य चार दल लगायतले माग्ने पदमा उदारता देखाउन पनि समस्या पर्नेछैन।

प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो बिहीबार, भदौ ११, २०८३
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी प्रभावितको आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार गरिने बिहीबार, भदौ ११, २०८३
रसुवाको बाढी प्रभावित क्षेत्रमा ८ टन राहत सामग्री पठाइयो बिहीबार, भदौ ११, २०८३
सिन्धुपाल्चोकसहित ५ जिल्लामा सतर्कता अपनाउन आग्रह बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्