काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य यथावत् रहेको छ। सोमबार पनि आइतबारको जस्तै दररेटमा सुन तथा चाँदीको कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो। आइतबार पनि छापावाल सुन प्रतितोला १ लाख ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख रुपैयाँमा किनबेच भएको थियो।
आइतबारजस्तै सोमबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ। आइतबार भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।