काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पार्टीको संसदीय दलको नेता चयन गरिएको छ। आइतबार काठमाडौंको बुद्धनगरस्थित पार्टी कार्यालयमा बसेको सांसदहरूको बैठकले सर्बसम्मतरुपमा दलको नेतामा राउतलाई चयन गरेको हो।
यस्तै दलको उपनेता र प्रमुख सचेतक चयन गर्नका लागि आज १० बजे पुन: बैठक बस्ने जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए।
पहिलोपटक संसदीय राजनीतिमा होमिएका डा राउतले सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर बढी मतान्तरले पराजित गरेका थिए।
प्रतिनिधि सभामा जनमत पार्टीले एक प्रत्यक्ष र पाँच जना समानुपातिक गरी ६ जना सांसद जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।