काठमाडौं– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार पनि भेटवार्ता भएको छ।
देउवालाई भेट्न प्रचण्ड आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए। पार्टीको पदाधिकारी बैठकलगत्तै प्रचण्ड पेरिसडाँडबाट बालुवाटार पुगेका हुन्।
प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग भेट गरेका थिए। आइतबार बिहान कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए।
आइतबार दिउँसो बसेको माओवादीको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको थियो। कांग्रेसले पनि सोही निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।