काठमाडौं- नेकपा एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्न सोमबार बैठक बोलाएको छ। सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।
‘राष्ट्रपति महोदयले सरकार गठनका निम्ति १० गतेसम्मको समय दिइसकेको सन्दर्भमा हामीले हाम्रो पार्टीको पनि संसदीय दल गठन गर्नुपर्ने हुन्छ। त्यसका निम्ति भोलि १ बजेका लागि संसदीय दलको बैठक बस्न सांसदहरुलाई खबर गर्ने निर्णय गरेका छौँ’, आइतबार सम्पन्न सचिवालय बैठकपछि तुलाधरले भने।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन्। ती सबै प्रत्यक्षतर्फबाट निर्वाचित भएका हुन्। समानुपातिकतर्फ सो पार्टीले थ्रेसहोल्ड कटाउन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।