काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आउँदो ६ गते हुने भएको छ। आज बसेको कांग्रेस कार्यसम्पादन समितिले संसदीय दलको निर्वाचन गर्न सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको छ।
कार्यदलमा केन्द्रीय सदस्यहरु पुष्पा भुसाल र प्रकाश रसाइली छन्।
कार्यसम्पादन बैठक अघि सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको उपसभापतिहरु महामन्त्रीद्वयको अनौपचारिक छलफलले ६ पुसमा संसदीय दलको नेता चयनको निर्वाचन गर्ने सहमति बनेको जनाइएको छ। त्यसको औपचारिक निर्णय आज बनेको तीन सदस्यीय कार्यदलले गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।