काठमाडौं- माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनबाट पहिलो चरणको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्नुपर्ने बताएका छन्।
आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि बोल्दै शर्माले पहिलो चरणमा सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने र माओवादीले नेतृत्व गर्दा अध्यक्ष प्रचण्डले गर्ने बताए।
पदाधिकारी बैठकले सांसदहरुले शपथ खाएपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने मत राखेको छ।
त्यस्तै, गठबन्धन दलको बैठक बसेर कसरी सरकारमा सहभागिता हुने, संसद्को नेतृत्व कसरी तय गर्ने, समग्र देशको नेतृत्व कसरी तय गर्ने, राष्ट्रपति लगायतका कुराहरुमा छलफल, प्रदेशहरुको बारेमा छलफल, गठबन्धन दलमा छलफल भएर एउटा निष्कर्ष पुगेपछि सोही अनुसारको प्रक्रिया अगाडि बढ्ने शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।