काठमाडौं– नेकपा माओवादी केन्द्रले सांसदहरुले सपथ लिएपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने मत राखेको छ।
आइतबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि बोल्दै उपमहासचिव जनार्दन शर्माले सपथ ग्रहण गरेर सबै प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्ने बारेमा छलफल भएको जानकारी दिए।
आजको बैठक मुख्यगरी नवनिर्वाचित सांसदहरुलाई बधाई र शुभकामना दिन आयोजना गरिएको र ठोस निर्णय नभएको शर्माको भनाइ थियो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने र पहिलो चरणको प्रधानमन्त्री आफू बन्नुपर्ने पक्षमा पहल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।