काठमाडौं- नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय निर्वाचन समिति बनाएको छ।
सहमहामन्त्री भीष्मराज आङदाम्बेको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको हो। समिति सदस्यमा केन्द्रीय सदस्य पुष्पा भूसाल र प्रकाश रसाइली स्नेही रहेका छन्।
संसदीय दलको नेतामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले चुनौती दिने बताएका छन्। रामचन्द्र पौडेल र शेखर कोइराला पनि आकांक्षी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।